भारतमा ४७ करोड ३० लाख बढिले लगाए खोप – Kanika Khabar
Sunday, March 3Nepali News Portal

भारतमा ४७ करोड ३० लाख बढिले लगाए खोप

    मा प्रकाशित

भदौ ११, दाङ ।
भारतमा खोप लगाउन योग्य मध्ये झण्डै आधा जनसङ्ख्याले खोप लगाइसकेका छन् । भारतमा झण्डै ४७ करोड ३० लाख मानिसले खोप लगाइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

भारतले आफ्नो खोप अभियानलाई तीव्र बनाएको छ । तेस्रो लहर आउन सक्ने संभावनाका बीचमा भारतले खोप अभियानलाइ प्रभावकारी बनाइरहेको हो । भारतमा अहिले सम्म कोभिशिल्ड, कोभ्याक्सिन र स्पुटनिक भिको खोप लगाईएको छ ।

 

भारत सरकारले यस बर्षको अन्त्यसम्म सबै भारतीयहरुलाई खोप लगाउने लक्ष्य राखेको छ। भारतमा पनि धनी राज्यका नागरिकले खोप लगाउन पाएका छन् भने गरिब राज्यका नागरिक खोपको सुबिधाबाट बञ्चित भैरहेका छन् । भारतमा कोरोना भाइरसको सङ्क्रमणदर भने बिस्तारै कम हुँदै गइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्