राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंह माथी एक समूहले दुर्व्यवहार – Kanika Khabar
Friday, April 19Nepali News Portal

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंह माथी एक समूहले दुर्व्यवहार

    मा प्रकाशित

११ भदौ,दाङ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंह माथी एक समूहले दुव्र्यबहार गरेको छ । विरामीको उपचारको बिषयमा बिबाद भएपछि सर्जन परियारको समूहले डा। सिंहलाई मोसो दलेर दुव्र्यबहार गरेको प्रहरीले बताएको छ ।

टाईफाईडका बिरामीको ब्लड कल्चर जाँच अस्पतालमा नहुने भएपछि भएको बिबादमा परियारको नेतृत्वमा गएको ६ जनाको समूहले आफु माथी मोसो दलेर दुव्र्यबहार गरेको डा। सिंहले बताउनुभयो । बिबाद हिजो देखी हुदै आएको र आज दिउँसो कार्यकक्षै गएर उनिहरुले दुव्र्यबहार गरेको बताईएको छ ।

इलाका प्रहरी कार्यालयमा परियार सहित ६ जनाको नाममा किटानी जाहेर आएको प्रहरीको भनाई छ । यसैविच अस्पताल समितिको आकस्मीक बैठकले अत्याबस्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

काम गर्ने बाताबरण नभएको र दोषिलाई पक्राउ नगर्दा सम्म इमरजेन्सी, डालासिस र सुत्केरी बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हो । घटनामा संलग्न भनिएको परियार सहितको समूहको खोजी भैरहेको दाङका प्रहरी प्रमुख, एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्