दोषीलाई कानूनी कठघरामा उभ्याउँछु : प्रजिअ कुरुम्वाङ – Kanika Khabar
Sunday, March 3Nepali News Portal

दोषीलाई कानूनी कठघरामा उभ्याउँछु : प्रजिअ कुरुम्वाङ

    मा प्रकाशित

भदौ ११, दाङ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंह माथी एक समूहले दुर्व्यवहार गरेपछि राप्ती अस्पताल विकास समिति तुलसीपुरले दोषीलाई कार्वाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई सर्जन परियारको नेतृत्वमा गएको एक समूहले कालोमोसो दलेपछि अस्पताले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले कोरोनाको समयमा स्वास्थ्यकर्मी भगवान सरह मानेको अवस्थामा मेसुलाई मोसो दल्नु स्वास्थ्यकर्मी माथि धेरै नै अपमान भएको बताएका छन् । मेसु सिंहलाई अपमान गर्नु प्रमुख जिल्ला अधिकारीलाई नै अपमान भएको महसुस भएको उनले बताए । साथै उनले अपराधिलाई कानूनको कठघरामा उभ्याएर दण्ड सजाय गर्ने बताए ।

घटना लगत्तै बसेको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले घटनामा संलग्न दोषीलाई हदैसम्मको कारर्वाहीको माग गर्दै घटनाप्रति खेद प्रस्ताव पारित गर्दै दोषीहरुलाई किटानी जाहेरी दिने निर्णय गरेको छ ।

त्यसैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले शनिबार बिहानसम्म दोषीलाई पक्राउ नगरे अस्पतालबाट दिइने सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै घटनामा संलग्न व्यक्तिहरुलाई शनिबार बिहान ९ बजेभित्र पक्राउ नगरे इमरजेन्सी, सुत्केरी, डाइलासीश सेवा बाहयक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

टायडफायडका बिरामीको कल्चर टेष्टको सेवा नभएको सिंहले बताएपछि युवाको समूहले कालोमोसो दलेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्