डक्टरलाई कालो मोसो दल्नेमाथि एमाललेले गर्यो कारबाही – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

डक्टरलाई कालो मोसो दल्नेमाथि एमाललेले गर्यो कारबाही

    मा प्रकाशित

भदौ ११, दाङ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद सिहंलाई कालोमोसो दल्नेलाई एमाले दाङले कारबाही गरेको छ । एमाले भातृ संगठन अनेरास्ववियुका दाङ जिल्ला संयोजक सर्जन परियार र उप संयोजक दिवस क्षेत्रीलाई नेकपा एमाले दाङले साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको छ ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत र सचिब मनोहर बुढाथोकीले आज एक प्रेस विज्ञप्ति जारी गरेर अस्पतालका चिकित्सक र कर्मचारीको मनोबल बढाउनुको साटो घृणित कार्यमा संलग्न भर्इ कानुन हातमा लिने परियार र दिवस क्षेत्रीलाई अनेरास्ववियु र पार्टीको जिम्मेवारीबाट हटाइएको र एमालेको साधारण सदस्यता समेत नरहने गरि कारबाही गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्