अमेरिकाले खसाल्यो अफगानिस्तानमा ड्रोन, आफ्ना नागरिकलाई विमानस्थलबाट हट्न अपील – Kanika Khabar
Sunday, March 3Nepali News Portal

अमेरिकाले खसाल्यो अफगानिस्तानमा ड्रोन, आफ्ना नागरिकलाई विमानस्थलबाट हट्न अपील

    मा प्रकाशित

एजेन्सी ।
पछिल्लो अवस्थामा अमेरिकाले अफगानिस्तानमा ड्रोन आक्रमण गरेको छ । आतंकवादी समूह आईएसआईएसका लडाकुहरु मार्नका लागि अमेरिकाले ड्रोन आक्रमण गरेको बताइएको छ ।

अमेरिकाले गरेको आक्रमणबाट काबुल विष्फोटको मास्टरमाइन्ड मारिएको दाबी अमेरिकाले गरेको छ । पेन्टागनले भनेको छ, ‘हामीले लक्षित समूहलाई मारेका छौं ।’ यसैत्रिच अमेरिकाले काबलु विमानस्थलबाट तुरुन्त हट्नसमेत आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

सीएनएनका अनुसार अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन बिल उर्बानले विज्ञप्तिमार्फत काबुल विष्फोटका योजनाकार मारिएको पुष्टि गरेका हुन् । उनले अन्य कुनै नागरिक नमारिएको समेत बताएका छन् ।

आईएसआईएसले गत बिहीबार राजधानी काबुलको विमानस्थल बाहिर आत्मघाती विष्फोट गराएको थियो । उक्त घटनामा कम्तीमा १७० जनाको ज्यान गएको छ भने १२ सय ७६ भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्