सप्तकोशीमा पानीको बहाव विस्तारै घट्दै, तर सतर्क रहन प्रसाशनको आग्रह – Kanika Khabar
Friday, March 29Nepali News Portal

सप्तकोशीमा पानीको बहाव विस्तारै घट्दै, तर सतर्क रहन प्रसाशनको आग्रह

    मा प्रकाशित

भदौ १२, दाङ ।
सप्तकोशी नदीमा पानीको बहाव विस्तारै घट्न थालेको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत तीन–चार दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढ्दै गएको थियो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चाका अनुसार आज बिहान ६ बजे सप्तकोशीमा पानीको बहाव १ लाख ९६ हजार २५ क्यूसेक मापन गरिएको थियो । गयरातिसम्म पानीको बहाव १ लाख ९८ हजार २ सय १५ प्रतिसेकेन्ड क्यूसेक मापन गरिएको थियो । आज बिहान ४ बजेबाट पानीको बहाव विस्तारै घट्दै गएको छ । प्रमुख जिल्ला अधिकारी आचार्यले हाल कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २६ वटा ढोका खुल्ला गरिएको  जानकारी दिनुभयो ।

पानीको बहाव घटबढ भइरहेकाले कुन ढोका खोल्दा उचित हुन्छ भन्ने विषयमा अनुगमन गरेर ढोका खोल्ने र बन्द गर्ने गरिएको पनि उहाँले बताउनुभयो । कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ भने सप्तरी जिल्लाको तटबन्ध आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्