प्रधानसेनापतिमा शर्मा नियुक्त – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

प्रधानसेनापतिमा शर्मा नियुक्त

    मा प्रकाशित

भदौ १२, दाङ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आउनुभएका बालाधिकृत रथी प्रभुराम शर्मा लाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।

 

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिनुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्