भदौ १२, दाङ ।
संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दा आगामी शुक्रबारका लागि पेशी तोकिने भएको छ । सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता भदौ १८ गते सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ ।सुनुवाइमा सहजताको लागि भन्दै त्यो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा भने बिदामा बस्ने बताउनुभएको छ ।
उहाँको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गरी अन्य ४ न्यायाधीश तोक्नुहुने छ । त्यो दिन मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ । यो मुद्दामा अन्तिम सुनवाइका बेला पनि प्रधानन्यायाधीश जबरा बिदामा बस्नुहुने छ । बीचको अवधिमा भने नियमित रुपमा काम गर्ने उहाँले बताउनुभयो ।