महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानको आग्रह – Kanika Khabar
Saturday, March 2Nepali News Portal

महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानको आग्रह

    मा प्रकाशित

भदौ १२, दाङ ।
तालिबानले महिला स्वास्थ्यकर्मीहरुलाई आफ्नो काममा जान आग्रह गरेको छ । अफगानिस्तानको काबुलमा बिहीवार भएको आक्रमणमा परि घाइते भएकाहरुको उपचारमा खटिनका लागि महिला स्वास्थ्यकर्मीलाई तालिबानले आग्रह गरेको हो ।

घाइतेहरुको उपचारमा जनशक्ति अभाव हुन थालेको भन्दै तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले ट्वीट गर्दै इस्लामीक अमीरातका स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारिहरुलाई केन्द्र र प्रान्तमा नियमित रूपले आफ्नो काममा फर्किन आग्रह गर्नुभएको छ ।

उहाँले इस्लामिक अमीरातको तर्फबाट उनीहरुको काममा कुनैपनि अवरोध नपु¥याइने पनि प्रष्ट पार्नुभएको छ । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि महिलाको काम लगायतका विषयमा बहस भइरहेको बेला इस्लामिक अमीरातको यो ट्वीट आएको हो । काबुल आक्रमणमा परि दर्जनौं घाइते भएका छन् र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्