सिरि ए फुटबलमा इन्टर ३–१ गोल अन्तरले विजयी – Kanika Khabar
Saturday, March 2Nepali News Portal

सिरि ए फुटबलमा इन्टर ३–१ गोल अन्तरले विजयी

    मा प्रकाशित

इन्टर मिलानले सिरि ए फुटबलमा जित निकालेको छ । गयराति इन्टर मिलानले भिरोनालाई ३–१ गोल अन्तरले पराजित गरेको खेलमा जोक्विन कोरियाले डेब्यु खेलमै दुई गोल गर्नुभयो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिर्नुभएका उहाँले ८३ औं मिनेट र इन्जुरी समयमा गोल गर्नुभयो ।

 

खेलमा अग्रता घरेलु टोली भिरोनाले १५ औं मिनेटमा इभान इलिकको गोलबाट लिएको थियो । दोस्रो हाफको सुरुवातमै लौटारो मार्टिनेजले इन्टरका लागि बराबरी गोल फर्काउनुभयो ।मार्टिनेजको स्थानमा ७४ औं मिनेटमा मैदान छिर्नुभएका कोरियाले शानदार खेल प्रर्दशन गर्नुभयो । इन्टरले सिजनको पहिलो खेलमा जिरोनालाई ४–० गोल अन्तरले पराजित गरेको थियो । साविक विजेता इन्टरले दुई खेलबाट ६ अङ्कसहित शीर्ष स्थान कब्जा गरेको छ । भिरोना अङ्कविहिन हुँदै तालिकाको रेलिगेशन जोनमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्