काङ्ग्रेसले भदाै १८ गते देशैभर महाधिवेशन गर्ने, आज रिले अनसन ताेडिने – Kanika Khabar
Sunday, March 3Nepali News Portal

काङ्ग्रेसले भदाै १८ गते देशैभर महाधिवेशन गर्ने, आज रिले अनसन ताेडिने

    मा प्रकाशित

भदाै १२, दाङ ।                                                        नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएको छ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको हो।  सभापति देउवासँग कुराकानी गरेपछि पौडेलले आज आफूनिकटका नेता र जिल्ला सभापतिहरूसँग छलफल गरेका थिए।

देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता प्रकाशमान सिंहले जानकारी दिए। उनका अनुसार जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ।

जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भएको र अरू जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउनेछन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्