महाधिवेशनमा कुनै आशङ्का नगराैँ: कांग्रेस महामन्त्री कोइराला – Kanika Khabar
Thursday, April 18Nepali News Portal

महाधिवेशनमा कुनै आशङ्का नगराैँ: कांग्रेस महामन्त्री कोइराला

    मा प्रकाशित

भदाै १२, दाङ।                                                        नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सकृय सदस्यता सम्बन्धी बिवाद अन्त्य भएसंगै पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै ‘पक्का’ भएको बताएका छन् । सकृय सदस्यता सम्बन्धी बिबादका कारण महाधिवेशन माथि आशंका गरिएको भएपनि अब त्यो आशंकाको अन्त्य भएको बताए । कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे तथा निवर्तमान दाङ जिल्ला सचिव कमलकिशोर घिमिरेकी आमा स्वर्गीय यवादेबी शर्मा घिमिरेको श्रद्धाञ्जलीसभामा बोल्दै कोइरालाले १८ गते देखि सुरु हुने महाधिवेशनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । ‘यहि भदौ १८ गते देखि सुरु भएर पार्टीको महाधिवेशन मंसिरमा समापन हुँदैछ,’ कोइरालाले भने ‘सक्षम र सबल नेतृत्व चयनका लागि तपाईहरु लाग्नुस् ।’
कोइरालाले आगामी ‘आम निर्वाचन’ मा पार्टी लाई असर नपर्ने गरि अधिवेशन सम्पन्न गर्नु पर्ने बताए । उनले आसन्न महाधिवेशनबाटै कांग्रेसमा ब्याप्त ‘गुट’ को अन्त्य हुनुपर्नेमा जोड दिए । महाधिवेशनमा ब्यक्तिगत टकरावका कारण आगामी आम निर्वाचनमा कांग्रेसलाई नकारात्मक असर पर्न जाने तर्फ सचेत बनाउँदै उनले भने ‘हामीहरुले आम चुनावमा कांग्रेसलाई जिताउनु छ,यसर्थ अहिले महाधिवेशनमा तपाई हाम्रा बिचमा आउने तिक्तताले भोली पार्टीले हार्न सक्छ, पार्टीको महाधिवेशनले आम चुनावमा पार्टीलाई नै हराउने बातावरण नबनोस् ।’ पार्टी राजनीति ब्यक्ति केन्द्रीत भएका कारण कांग्रेसमा गुट हाबी भएको भन्दै कोइरालाले ब्यक्ति केन्द्रीत राजनीतिबाट कांग्रेसीहरु टाढै रहनु पर्ने बताए । ‘कांग्रेसीहरुले राजनीति आफ्नो लागि हैन, देश र जनताका लागि गर्ने हो,’तर हामीहरु ब्यक्तिगत स्वार्थका लागि कांग्रेसको राजनीति गरिरहेका छौँ, यसले देश र जनताको पार्टीले घाटा ब्यहोर्नु परिरहेको छ ।’
यसैगरि श्रद्धाञ्जलीसभामा बोल्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार शिर्ष नेताहरु बिच भएको छलफलले कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने सुनिश्चितता गरेको बताए । उनका अनुसार पार्टी केन्द्रीय कार्यालयमा चलेको ‘धर्ना’ का अपेक्षाहरु शुक्रबारको छलफलले पुरा गरिदिएको बताए । ‘पार्टी कार्यालयमा सुरु भएको धर्नाले महाधिवेशन निर्धारित समयमै हुन्न कि भन्ने तपाईहरुलाई पनि आशंका थियो होला , तर शुक्रबार मात्रै शिर्षस्थ नेताहरु बसेर त्यो बिवादको बिषयलाई टुंग्याईएको छ,’ महतले भने ‘अब निर्धारित मितिमा महाधिवेशन हुनेमा दुई मत देखिएन ।’
उनले ४८ जिल्लाका सकृय सदस्यहरुको नामावली सार्वजनिक गरिएको र केहि बिबादीत जिल्लाको सकृय सदस्यताको सुची पुनः सम्पादन गरेर आईतबार सम्म टुंगो लागिसक्ने बताए । ‘४८ जिल्लाको सकृय सदस्यताको सुची सार्वजनिक भैसकेको छ, बिबादित थप जिल्लाको सकृय सदस्यताको सुची पनि केहि सम्पादन गर्नु पर्ने अवस्था देखिए सम्पादन गरेर आईतवार सम्म सार्वजनिक हुन्छ,’ महतले भने ‘यसर्थ पार्टीको महाधिवेशन १८ भदौ देखिनै हुन्छ , यसमा कुनै शंका छैन ।’ साथै उनले सकृय पार्टी सभापति शेरबहादुर देउबा प्रति लक्षित गर्दै कसैले पनि बहुमतका लागि सकृय सदस्यतामा दायाँ बायाँ नगरेको समेत बताए । ‘कसैले पनि आफ्नो बहुमतका लागि सकृय सदस्यतामा तलमाथि गरेको छैन,’ उनले भने ‘पार्टीको बिधान र निर्णय अनुसारनै काम भएका छन् ।’
उनले पनि पार्टीको आसन्न महाधिवेशनले आम निर्वाचनलाई असर गर्ने तर्फ कार्यकर्ताहरुलाई सचेत गराए । उनले भने ‘पार्टीको अधिवेशन तपाई हाम्रो अन्तिम लडाई हैन, हाम्रो अन्तिम लडाई भनेको तत्कालै आउन थालेको आम चुनाव हो, यसर्थ अहिलेनै सबै शक्ति प्रयोग नगरौँ ।’ पार्टी महाधिवेशननै ‘सबथोक’ ठानेर शक्तिको लडाईँ लड्दा आम निर्वाचनमा कांग्रेस कमजोर हुने भन्दै उनले यसतर्फ सबै सचेत बन्नु पर्नेमा जोड दिए ।
यसैगरि केन्द्रीय सदस्य दीपक गिरीले मुलुकको लोकतन्त्रको बचाउका निम्ती कांग्रेस बलियो शक्तिका रुपमा उभिनु पर्नेमा जोड दिए । यसका लागि पार्टी भित्रको एकता अपरिहार्य रहेको गिरीले बताए । श्रद्धाञ्जलीसभामा संगै रहेका महामन्त्री कोइराला र सहमहामन्त्री महतलाई ईंिगत गर्दै गिरीले भने ‘कांग्रेस बलियो भएमा मात्रै लोकतन्त्र बलियो हुन्छ भन्ने बुझेका तपाई अग्रज नेताहरुले पार्टी भित्रको अन्तरबिरोध र गुटको अन्त्य गर्नका लागि उचित पहलकदमी लिनुहोस् ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्