आज थप २ हजार २२२ जना सङ्क्रमण मुक्त – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

आज थप २ हजार २२२ जना सङ्क्रमण मुक्त

    मा प्रकाशित

भदौ १२, दाङ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोनाका नयाँ सङ्क्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयकाअनुसार देशभर थप १ हजार ८५७जनानयाँ सङ्क्रमित थपिएका छन् । कूल १३ हजार १७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 

योसँगै देशमा पीसीआर विधिबाट ७लाख ५८ हजार ८ र एन्टिजेन विधिबाट ८२ हजार ७९७जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । आज थप २ हजार २२२ जना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७लाख १० हजार ४५२ जना निको भएका छन् । नेपालमा निको हुने दर ९३ दशमलब ७प्रतिशत रहेको छ । हाल देशभर ३६ हजार ८६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ३३ हजार ८३५ होम आइसोलेसन, ३०३१ संस्थागत आइसोलेसन, ६१५ जना सघन उपचार कक्ष र १७४ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा थप २७जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर १ दशमलब५ प्रतिशत रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्