माधवको पार्टीले केही फरक नपर्ने अध्यक्ष ओली – Kanika Khabar
Friday, March 29Nepali News Portal

माधवको पार्टीले केही फरक नपर्ने अध्यक्ष ओली

    मा प्रकाशित

भदौ १२, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभएको छ । आज युथफोर्सले आयोजना गरेको कार्यक्रममा उहाँले एक दुई पात पहेंलिएर खस्दैमा रुखलाई केही फरक नपर्ने र रुखमा नयाँनयाँ पालुवा पलाउँदै जाने तर्क गर्नुभयो ।

अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने बारेमा आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निष्कर्षमा पुगेको टिप्पणी गर्नुभयो ।

उहाँले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने पनि बताउनुभयो । अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न नदिने उहाँको भनाइ छ । अध्यक्ष ओलीले पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताउनुभयो । ओलीले एमाले फुटेको नभई अलिकति चोइटिएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्