घोराहीमा आज र भोलि भेरोसिलको दोस्रो डोज – Kanika Khabar
Thursday, March 28Nepali News Portal

घोराहीमा आज र भोलि भेरोसिलको दोस्रो डोज

    मा प्रकाशित

भदौ १३, दाङ ।
दाङको घोराही उपमहानगरपालिकाले गएको साउन २१ र २२ गते लगाईदिएको कोरोना बिरुद्धको भेरोसेल खोपको दोस्रो डोज आज र भोलि लगाउने भएको छ ।

स्वास्थ्य समितिको आज बसेको बैठकले साउन २१, २२ र त्यस भन्दा पहिले भेरोसेल खोप लगाएका तर छुटेकाहरुलाई समेत समेट्दै आज र भोलि १९ वटै वडामा खोप सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरका कार्यबहाक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा बसेको बैठकले १९ वटै वडाहरुमा खोप केन्द्र सञ्चालन गरेर दोस्रो डोज खोप लगाउने निर्णय गरेको जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

दोस्रो डोज खोप लगाउनु पर्ने २ हजार ७ सय ६० जना रहेको र त्यस अघि दोस्रो डोज छुटेकालाई पनि समेट्ने निर्णय भएको छ ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्