काबुलमा उद्दार उडानको पर्खाईमा ३४ जना नेपाली – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काबुलमा उद्दार उडानको पर्खाईमा ३४ जना नेपाली

    मा प्रकाशित

भदौ १३, दाङ ।
अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रियाया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उद्दार हुने क्रममा थप ८ जना नेपाली नागरिकहरू हिजो शनिबार काबुलबाट प्रस्थान भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी बताएको छ ।

काबुलमा उद्दार उडानको पर्खाईमा रहेका ३४ जना नेपाली नागरिकहरुलाई सुरक्षाको दृष्टिकोणले थप सुरक्षित र व्यवस्थित ठाँउमा स्थानान्तरण गरिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको छ।

अहिले अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् ।

उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्