अफगानिस्तानमा रहेकामध्य थप ८ जना नेपाली आज नेपाल आइपुग्ने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

अफगानिस्तानमा रहेकामध्य थप ८ जना नेपाली आज नेपाल आइपुग्ने

    मा प्रकाशित

भदौ १३, दाङ ।
अफगानिस्तानमा रहेका नेपालीहरुमध्य थप ८ जना आज नेपाल आइपुग्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपालीलाई उद्दार गर्ने कार्य जारी रहेको र आज थप ८ जना नेपालीको उद्दार गरेर नेपाल ल्याउन लागिएको छ । उनीहरु अफगानिस्तानबाट नेपालका लागि उडिसकेको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले सीआईएनसँग बताउनुभयो ।

काबुलमा उद्दार उडानको प्रतिक्षामा रहेका ३४ जनालाई भने आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको र उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि उहाँले बताउनुभयो ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्