कोरोनाको डेल्टा भेरिएन्ट अल्फाभन्दा दुई गुणा बढी सङ्क्रामकः अध्ययन – Kanika Khabar
Sunday, March 3Nepali News Portal

कोरोनाको डेल्टा भेरिएन्ट अल्फाभन्दा दुई गुणा बढी सङ्क्रामकः अध्ययन

    मा प्रकाशित

कोरोना भाइरसको डेल्टा भेरिएन्टका कारण अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या दुई गुणा बढी रहेको एक अध्ययनले देखाएको छ । बेलायतमा भएको एक अध्ययन अनुसार कोरोनाको डेल्टा भेरिएन्टका कारण बिरामी भएर अस्पताल भर्ना हुने दर दुई गुणा रहेको पाइएको हो । द ल्यासेन्ट नामक जर्नलमा प्रकाशित अध्ययनमा कोरोनाको खोप लगाएकाहरुमा पनि डेल्टाले सङ्क्रमण गराएको तर, मृत्यु हुनेदर कम रहेको उल्लेख गरिएको छ ।

 

कोरोनाविरुद्धको खोप लगाएरपनि अस्पताल भर्ना हुनेको सङ्ख्या बढी रहेपनि डेल्टा भेरिएन्टले मृत्यु हुने जोखिमलाई कम गरेको अध्ययनमा उल्लेख गरिएको छ । पछिल्लो समय कोरोनाको डेल्टा भेरिएन्टका कारण मानिसहरु बढी सङ्क्रमित हुने थालेको र विश्वकै लागि चिन्ताको विषय बनेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ ।

 

बेलायत, अमेरिका, इन्डोनेशिया, भारत, रुस लगायतका विभिन्न मुुलुकमा कोरोनाको डेल्टा भेरिएन्टका कारण कोरोनाको तेस्रो लहर सुरु भएको छ । मेडिकल पब्लिक हेल्थ इंग्ल्यान्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा यसै वर्षको मार्च र मे महिनाको बीचमा गरिएको अध्ययनमा ४३ हजार ३ सय ३८ जनालाई सहभागि गराइएको थियो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्