१३४.३३ क्युफिट अवैध काठसहित राजपुरबाट दुईजना पक्राउ – Kanika Khabar
Saturday, December 10Nepali News Portal

१३४.३३ क्युफिट अवैध काठसहित राजपुरबाट दुईजना पक्राउ

    मा प्रकाशित

शिवु खनाल
दाङ, १३ भदौ
एकसय ३४.३३ क्युफिट असनाको अवैध काठ सहित दुईजनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरि आइतवार डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीलाई बुझाएको छ । शनिवार विहान नौ बजे राजपुर गाउँपालिका वडा नम्बर २ माररीखोला स्थित आक्रिघाटबाट चार थान (एक थान गोलिया) चिरान एकसय ३४.३३ क्युफिट असनाको अवैध काठ सहित दुईजनालाई गढवा प्रहरीले पक्राउ गरि डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीलाई बुझाएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका वडा नम्बर २ मारारिखोला निवासी ३५ वर्षिय जितबहादुर सुनार र २५ वर्षिय कमलबुढा मगर रहनु भएको छ । उनिहरु अहिले डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीको नियन्त्रणमा राखि आवश्यक थप कार्वाहीको लागि अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको वन कार्यालयका सुचना अधिकारी प्रेमीलाल प्रसाद शाहले जानकारी दिनुभयो ।
उनिहरुबाट अवैध काठ सहित आक्रिघाटबाट दुई थान बन्चरो, तीन थान छिना र एक तान घन बरामद गरिएको छ । पछिल्लो समय यता इलाका प्रहरी कार्यालय गढवा र वन कार्यालय लमहीको सक्रियतामा विभिन्न जातका अवैध काठ र ओसार पसारमा संलग्न भएका व्यक्तीहरुलाई धमाधम पक्राउ गरि गर्न सफल भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्