नेकपा एसको संसदीय दलको नेतामा नेपाल – Kanika Khabar
Tuesday, November 29Nepali News Portal

नेकपा एसको संसदीय दलको नेतामा नेपाल

    मा प्रकाशित

भदौ १३, दाङ ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार संसद भवनमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

प्रतिनिधिसभामा सो दलका २२ जना सांसद छन् ।

यस्तै राष्ट्रियसभामा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन् । उनी पनि सर्वसम्मत नेता चयन भएका हुन् । राष्ट्रियसभामा ७ जना रहेका छन् ।

एमालेमा विद्रोह गर्दै नेता नेपालको अगुवाइमा नयाँ दल बनेको थियो । निर्वाचन आयोगले गत बुधबार सो नयाँ दललाई दल दर्ताको प्रमाण पत्र दिएको थियो । दलले वैधता पाएपछि सो दलले ५ सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्