ओलीमा सुधार नआएपछि हामी बाहिरिएका हौँ : नेपाल – Kanika Khabar
Saturday, April 20Nepali News Portal

ओलीमा सुधार नआएपछि हामी बाहिरिएका हौँ : नेपाल

    मा प्रकाशित
भदौ १३, दाङ ।

नेकपा एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । आइतबार संसद भवनमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

नेता नेपालले राखेको मन्तव्यको पूर्णपाठ पढ्नुहोस्

नेकपा एमालेको अध्यक्ष केपी ओलीको ब्यक्तिबादि चरित्र र चिन्तनको बिरोधमा शुरूदेखि आलोचना गरिम, सुधारको लागि अनेक प्रयास गरिम तर वहाँमा कुनै सुधार आएन । उल्टै सुधारको लागि सुझाव दिनु हुने सबैसँग इगो साध्न थाल्नुभयो । नीति तथा कार्यक्रम र वजेटको विषयमा कुनै छलफल नहुने, आफनो गुट बाहेक कसैलाई पनि जिम्मेवारी दिनुभएन । पार्टी पंक्ति दुखित भयो । सबैलाई न्योचित जिम्मेवारी दिनु भएन । अन्यायको बिरोध गर्ने हामिहरूले आफनो पार्टी भित्र अन्याय सहनु पर्यो । सांसद भित्र पनि आफनो गुटका मान्छेहरूलाई मात्रै बोल्न दिने, पार्टीभित्र पनि यहि अवस्था थियो ।

समयक्रमसँगै दुई पार्टीका बिचमा एकता भयो । अब सुधार होला भनि अपेक्षा राखिएको थियो । तर शुरूदेखि मनपरि हुन थल्यो । पार्टीभित्र पार्टी अध्यक्ष भनेको सर्बोसरि हो जस्तै गर्न थालियो । कमिटि सिस्टम खारेज भयो । कमिटि प्रणालि लत्याउने, बेवास्ता गर्ने काम भयो । बिगतका आलोपालो सरकारको नेतृत्व गर्ने सहमति तोड्नु भयो । दक्षिणपन्थी भासमा दैनिक रूपमा डुब्न थाल्नु भयो । बामपन्थी दृष्टिकोणमा बिचलन हुनुभयो । कुटनीतिक मर्यादा बिपरित प्रधानमन्त्री को कुर्सिमा बसेर गर्ने नहुने काम गर्नु भयो । जब वहाँले आफनो पदमा चुनौती देख्नुभयो । गरेको गल्तिको विषयमा प्रश्न उठाएपछि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न पठाउने, कुर्सी भाँचिदिन्छु भन्दै धम्काउदै बोल्न थाल्नु भयो । कुर्सी ठुलो कुरो थिएन तर वहाँले कुर्सी नभई बाँच्न नसक्ने अवस्थामा पुग्नु भयो । निर्वाचनको घोषणपत्र लागू गर्नको लागि उत्साहित हुनु भएन । उल्टै संबिधानमा नभएको ब्यवस्था प्रतिनिधि सभा बिघटन गर्नु भयो ।

संकटमा परेपछि बालुवाटारमा कमल थापा , बिष्णु पौडेयलसँग बसिरहेको बेला मलाई पनि बोलाउनु भयो र सोध्नु भयो । सरकार ढल्ने भयो – अब के गर्ने ? यो विषयमा उपाय छ । के हो भन्दाखेरि – प्रचण्डलाई प्रधानमन्त्री बनाँउ भन्दा । यसको बिश्वास्नियत के ! यसको जिम्मेवारी म हुन्छु भन्दा बालुवाटारमा बसेर सहमति भयो । सबैले आपसमा तालि बजाइम तर वहाँले कार्यनयन गर्ने भएन उल्टै खिल्ली उडाउनु भयो ।

भ्रष्टाचारले सिमा नाघ्यो । यसको ज्वालन्त उदहारण – प्रतिबेदन हेरे पुग्दछ । पार्टी शिथिल र जीवन शक्ति नभएको जस्तो भयो । जिवन्त पार्टी निर्माणका को लागि अनेक कुराहरू भयो । विषयगत छलफल भएन । बैठकमा जानू भएन । मनमौजि रूपमा एकलौटि प्रतिनिधि सभा बिघटन गर्नुभयो । यसको औचित्य पुष्टि गर्ने आधार छैन । जबकि संबिधानमा ती कुराहरूका उल्ल्ख छैन ।

दुई पटक प्रतिनिधि सभा बिघटन गर्नु भयो । कोरोननको समयमा जनताहरूलाई औषधि दिन छोडेर चुनावको घाेषण गर्नु भयो । झुठ बोलनमा माहिर पौष ५ पछि ६ गतेको दिन बैठक बसि ११९९ जानको कमिटी घोषण गर्नु भयो । फाल्गुण २३ को फैसलापछि फाल्गुण २८ गते बैठक बसेर मनपरि गर्नु भयो । अन्यायको बिरोधमा बिद्रोह गर्नु पर्दछ भन्ने जिल्ला जिल्लाबाट आवाज उठ्यो ।

बार्तलाई नाटक मात्रै बनाइयो । एकैदिनमा ३ जनालाई प्रधानमन्त्रीको आश्वास्न दिने काम गर्नु हुन्थ्यो । सबैलाई उल्लु बनाउने काम मात्रै गर्नु हुन्थ्यो । पार्टी थाम्ने विषयमम – सक्नेले हो धान्ने नस्कनेले जे सक्छ त्यहि हो गर्ने । प्रधानमन्त्री भइरहनको लागि अनेक नाटक मञ्चन गर्नु भयो । नीतिकताको कुनै ख्याल गर्नु भएन । प्रधानमन्त्री बाट हट्नुभयो तर यसको जिम्मेवारी अरू हुन भनी उल्टै आरोप लगाउनु भयो ।

चिन्तनमा समस्या आएपछि व्यवहार त्यस्तो गर्नु भयो । केपी ओलीको कारण समाज, नागरिक समाज, बोद्दिक ब्यक्ति कोहि पनि प्रताडित भयो । बार्दलिको नाँच देखि बाँदर नाँच समेत देख्नु पर्यो । वहाका शिष्य पनि त्यसै बोल्न थाले । एकता हुन थालेको वातावरण धुमिल पार्ने काम भयो । पार्टी आज दुर्घटनामा पर्यो ।

एउटा समय आयो – केन्द्रीय कमिटि र सांसदहरूका साथ पाउने भएपछि र सिँगो कम्युनिष्ट आन्दोलन समाप्त हुने लक्ष्ण भएपछि आज हामी क्रान्तिकारी पार्टी निर्माण गर्न ठाउमा पुगेको हो । के केशरजझ रायमाझिको स्टेपलाई सहयोग गरेको भए आज हामी यो ठाउमा पुग्ने थियो । पुष्पलालले पार्टी निर्माण नगरेको भए, मनमोहनले बिद्रोह नगरेको भए, झाँङा, हर्रोबर्रो बिद्रोह नगरेको भए के आज हामी यो ठाउमा रहन्थ्यो ? नेपालमा दुई ठुला पार्टीहरू एक ठाँउमा हु्न्दा आज हामी दुई तिहाई को पोजिसनमा पुगेको हो ।

आन्दोलनमा तिखार्दै जानुस, अझ सशक्त अनि समृद्ध बन्दै जानुस । न्यायपुर्ण, समतामुलक समाज निर्माणको लागि अघि बढौ । अरूसँग एकताको विषयको प्रसंगमा हामी पहिले नै ठिक भएकोले तु कुनै पार्टीसँग एकता हुदैन । राष्ट्रिय सम्मेलन गरेर कमिटिलाई पुर्णानत: दिनु पर्दछ ।

हामी कम्युनिष्ट दृष्टिकोणमा बिचलन भएका छैन । लोकतन्त्रको मूल्य मान्यताहरूलाई आत्मसाथ गरेर अगाडि बढ्नेछौँ । रोजगार सिर्जना र नयाँ पुस्ताहरूलाई आकार्षित गर्ने अभिभाराको साथ अगाडि बढेका छौँ ।

वर्गीय दृष्टिकोणलाईआत्मसाथ गरेर अघि बढनेछौँ । नेपालको स्वाभिमानलाई जोगाउदै अघि बढ्नेछौँ । पार्टी निर्माणका को मोर्चामा अघि बढ्नेछौँ । धन्यवाद  /

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्