भानु चाेककाे नाम यथावत् राख्न माग – Kanika Khabar
Saturday, July 12Nepali News Portal

भानु चाेककाे नाम यथावत् राख्न माग

    मा प्रकाशित

कनिका डेस्क

जेठ २६, दाङ ।

घाेराहकाे तुलसीपुर चाेककाे नामाकरणका बारेमा अहिले एक प्रकारकाे `माग- बहस´ चल्न थालेकाे छ । पुरानाे नाम भानु चाेक भए पनि याे चाेक अहिले तुलसीपुर चाेकका नामले परिचित रहेकाे छ । पछिल्लो समयमा यसकाे पुरानाे नाम भानु चाेक नै राख्नु पर्नेमा जाेड।दिइदै आइएकाे छ ।

आज साेमबार घोराहीका तीन वटा टोल विकास संस्थाहरुले घोराही बजारको मुख्य चोकका रुपमा रहेको भानुचोकको नाम परिवर्तन नगरी भानुचोक नाम यथावत् राख्न माग गरेका छन् । घोराही उपमहानगरपालिका– १५ मा पर्ने भानु टोल विकास संस्थाका अध्यक्ष रेवा डाँगी, गौतमबुद्ध टोल विकास संस्थाका अध्यक्ष मिनराज घिमिरे र नयाँ सडक टोल विकासका अध्यक्ष श्यामप्रसाद आचार्यले संयुक्त रुपमा सोमवार विज्ञप्ति जारी गर्दै घोराही–१५ को मुख्यचोकका रुपमा रहेको भानुचोक (तुलसीपुरचोक)को नाम परिवर्तन गरी घोराही उपमहानगरपालिकाले घोडाको मूर्ति राख्ने गरेको निर्णयप्रति गम्भीर असहमति व्यक्त गर्दै पुरानै नामलाई यथावत राख्न माग गरेका हुन् ।

घोराही उपमहानगरपालिकाले घोराहीको पहिचान झल्काउने गरी घोराही–१४ र १५ को साझा चोक ट्राफिक चोकमा घोडाको मूर्ति राखिसकेकाले अर्को चोकमा पनि घोडाको प्रतिमा राख्ने प्रयास अवैज्ञानिक र बाहिरबाट आउनेलाई भ्रम पार्ने गरी काम नगर्न समेत आग्रह गरेका हुन । उनीहरुले आदिकवि भनुभक्त आचार्यको नाम साकार पार्न र नेपाली भाषाप्रतिको सम्मान व्यक्त गर्न उक्त चोकमा आदिकवि भानुभक्त आचार्यको मूर्ति स्थापना गरी भानुचोक नाम यथावत राख्न माग गरेका छन् । तत्कालीन त्रिभुवन नगरपालिकाका नगर प्रमुख अमरबहादुर डाँगी (अहिले प्रदेशसभा सदस्य)को समयमा विज्ञहरूको सुझाव लिई घोराहीका विभिन्न चोकको नामाकरण गरेको थियो । सोही सुझाव अनुसार तुलसीपुरचोकलाई भानुचोक नाम राख्ने र उक्त टोलको नाम समेत भानु टोल विकास संस्था राख्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यहाँको वस्तुस्थिति, ऐतिहासिकता र यहाँ बस्ने जनताको भावना विपरित नजान उनीहरुले आग्रह गरेका छन् । ‘पूर्वाग्रह र लहडको भरमा सार्वजनिक स्थानको नाम र अस्तित्व समाप्त पार्न नहुनेमा सतर्क रहन प्रिय जनप्रतिनिधिहरूमा अनुरोध गर्दछौ’–बिज्ञप्तिमा भनिएको छ । भाषा र संस्कृति सबैका लागि प्रिय हुन्छन् भन्दै विज्ञप्तिमा एक अर्काको सम्मानबाट मात्र शान्तिपूर्ण सह अस्तित्व सम्भव छ भन्ने विषयमा विशेषतः जनप्रतिनिधिहरू सजग रहनुपर्नेमा जोडदिएको छ । यसअघि हिजाे आइतबार दाङका क्रियाशील साहित्यक संस्था तथा स्रष्टाहरूले पनि भानुचाेक नामाकरण गरी आदिकवि भानुभक्त आचार्यकाे सालिक राख्नु पर्ने भन्दै विज्ञप्ति मार्फत माग गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्