कारवाही माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित – Kanika Khabar
Thursday, December 8Nepali News Portal

कारवाही माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

    मा प्रकाशित

भदौ १३, दाङ ।

तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोद सिंहलाई कालो मोसो दल्नेहरुमाथि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका छन् ।

घटना भएको तीन दिन भैसक्दा समेत उनिहरुलाई पक्राउ गरि कारवाही नगरिएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका हुन् । उनिहरुले आज बिहान तुलसीपुरमा बिरोध प्रदर्शन सहित दोषी माथि कारवाहीको माग गरेका छन् ।

डा. सिंह माथि गत शुक्रबार दिउँसो एमालेको अनेरास्ववियु नेता सर्जन परियार नेतृत्वको युवा समुहले सिंहको कार्यकक्षमै कालो मोसो दलेको थियो । कालो मोसो दल्ने समुह अहिले फरार छ ।

 

प्रहरीका अनुसार डा. सिंह माथि कालो मोसो दल्नेहरु सर्जन परियार, दिवस क्षेत्री र गणेश खड्का लगाएतको समुह हो । उनिहरु मेसु.लाई कालो मोसो दलेर मोटरसाईकल बाट भागेका थिए । घटनाको बिरोधमा राप्ती प्रादेशिक अस्पतालले ईमरजेन्सी बाहेकका सबै उपचार सेवाहरु बन्द गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्