२४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोराना सङ्क्रमण – Kanika Khabar
Friday, April 19Nepali News Portal

२४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोराना सङ्क्रमण

    मा प्रकाशित

भदौ १३, दाङ ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ पीसीआर परीक्षणमा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षण गर्दा १७४ जना गरी १ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २ हजार २ सय ६० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

 

गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुगेको छ भने ७ लाख १२ हजार ७ सय १२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल कोरोना सङ्क्रमण निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्