आगामी बुधबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने – Kanika Khabar
Thursday, February 13Nepali News Portal

आगामी बुधबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने

    मा प्रकाशित

भदौ १४, दाङ ।
मन्त्रिपरिषद्ले पर्सि पूर्णता पाउने भएको छ । मन्त्रीपरिषद् विस्तारका लागि सत्तारुढ दलहरू छलफलमै व्यस्त भएकोले पर्सिसम्ममा पूर्णता दिने तयारी भएको सत्तारुढ दल नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

आजसम्ममा विस्तार गर्ने तयारी गरेको भएपनि आजै विस्तारको सम्भावना कम देखिएको उहाँको भनाइ छ । मगलबार कसैले पनि मन्त्रीको नाम नदिने मान्यता रहेका कारण पनि पर्सि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको नेता विश्वकर्माले बताउनुभयो ।

मन्त्रीपरिषद् विस्तारका लागि हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्