कोरोना कहर : १२ वर्षभन्दा माथिकालाई खोप लगाउने सरकारको तयारी – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना कहर : १२ वर्षभन्दा माथिकालाई खोप लगाउने सरकारको तयारी

    मा प्रकाशित

स्नेहा कर्ण
भदौ १४, काठमाडौँ ।
सरकारले १२ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि अमेरिकाको फाइजर कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोपअसोजसम्म नेपाल ल्याइसक्ने गरी काम भइरहेको छ । तर फाइजरले विकास गरेको खोपलाई माइनस ७० देखि ८० डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले भण्डारणमा समस्या हुने देखिएको छ ।

फाइजरकै लागि फरक भण्डारण केन्द्र बनाउने विषय हाललाई चुनौतीको विषय भएपनि यो आवश्यक रहेको खोप विज्ञ डा.श्यामराज उप्रेतीले बताउनुभयो । नेपालका झन्डै एक करोड भन्दा बढी १२ वर्षभन्दा माथिका बालबालिका खोपको प्रतिक्षामा छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारी गरिरहेको हुनाले सोही अनुरुप योजना बनिरहेको बताउनुभयो । पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढिरहेको गण्डकी प्रदेशका ६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

जसमा १२ वर्षभन्दा माथिका बालबालिकाको सङ्ख्या झन्डै दुई सयको हाराहारीमा छ । कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आँकलन भइरहेको बेला गण्डकी प्रदेश पनि फाइजरको खोपका लागि केन्द्र सरकारसँग परामर्शमा जुटेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख खिम बहादुर खड्काले बताउनुभयो ।

फाइजरको खोप ल्याउने तयारी अनुसार प्रदेश २ सरकार भण्डारणका लागि उपकरणको व्यवस्थापनमा जुटेको छ । तर, भवन निर्माण भइसकेको अवस्थामा उपकरण समयमै आउन सकेन भने फाइजरको खोप भण्डारणमा समस्या हुने प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाको भनाइ छ । फाइजरको खोप १२ वर्षभन्दा माथिको उमेर समूहमा झन्डै ८२ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिकाको फाइजर, इन्क र बायो एनटेकले विकास गरेको फाइजर खोपको २१ दिनको फरकमा २ मात्रा लगाउनुपर्ने हुन्छ । सीआईएन

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्