सल्यानका ९ स्थानमा हेलिप्याड निर्माण – Kanika Khabar
Saturday, December 10Nepali News Portal

सल्यानका ९ स्थानमा हेलिप्याड निर्माण

    मा प्रकाशित

सरिता चलाउने
भदौ १४, सल्यान ।
सल्यानका स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको छ । विपद् पूर्व प्रतिकार्य तयारीका लागि ९ वटा हेलिप्याड निर्माण गरिएको हो । जिल्लामा रहेका ७ गाउँपालिकामा एक–एक वटा दरले र ३ नगरपालिकामा २ वटा दरले १३ वटा हेलिप्याड निमार्ण योजना भएकोमा अहिले ९ वटा निर्माण भएको नेपाली सेना सवुझ गण सल्यानले जनाएको छ ।

स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड निर्माण गर्न थालेको सवुझ गणका गणपति प्रमुख सेनानी कञ्चन कृष्ण बस्नेतले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहले सामानको सहयोग गरेकाले नेपाली सेनाले श्रमदान गरी अहिले जिल्लाभर हेलिप्याड निर्माण गरिरहेको बताउनुभयो । शारदा नगरपालिकामा दुई वटा, वनगाड कुपिण्डे र वागचौर नगरपालिकामा एक /एक वटा हेलिप्याड निर्माण गरिएको छ ।

 

यस्तै कपुरकोट, छत्रेश्वरी, शिद्धकुमाख र कुमाख गाउँपालिकामा पनि हेलिप्याड निर्माण गरिएको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ सुरु गरेपछि हेलिप्याड बनाउन थालिएको प्रमुख सेनानी बस्नेतले बताउनुभयो । स्थानीय तहको हेली प्याड निर्माण सामग्री र नेपाली सेनाको श्रम लगानीमा हेलिप्याड निमार्ण गरिएको हो । हेलिप्याड निर्माण भएपछि राति समेत हेलिकप्टर अवतरण गराउन सकिने सबुज गण सिमखर्कले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्