काङ्ग्रेस महाधिवेशन : गगन थापाकाे महामन्त्रीमा उम्मेदवारी दिने घाेषणा – Kanika Khabar
Friday, April 19Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : गगन थापाकाे महामन्त्रीमा उम्मेदवारी दिने घाेषणा

    मा प्रकाशित

भदाै १४, काठमाडौं ।                                                 नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभएको हो । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बन्नुभएको थियो ।

त्यसबेला सिटौला समूहबाट उम्मेदवार बन्नु भएका उहाले ५८४ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला उहाका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार रहनु भएको थियो । तर रामचन्द्र पौडेल समूहका डा.शशांक कोइराला निर्वाचित हुनु भएको थियो ।यस पटक भने थापा कुन समूहबाट उम्मेदवार बन्ने भन्ने बारे टुङग्यो लागेको छैन । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्