चिकित्सकमाथि दुर्व्यवहार : स्वास्थ्यकर्मीकाे विराेध प्रदर्शन – Kanika Khabar
Friday, March 29Nepali News Portal

चिकित्सकमाथि दुर्व्यवहार : स्वास्थ्यकर्मीकाे विराेध प्रदर्शन

    मा प्रकाशित

भदाै १४, दाङ ।

दाङकाे तुलसीपुरस्थित प्रादेशिक तुलसीपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुरिटेन्डेन्ट डा.विनोद सिंहलाई कालोमोसो दलेर दुर्व्यवहार गरेकाे विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा रहेका छन् ।
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका विभिन्न अस्पतालमा कार्यरत करिव ३ सय जना स्वास्थ्यकर्मीहरुले आज साेमबार घोराहीमा बजारमा विरोध प्रदर्शन गरेका हुन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्वाथ्यकर्मी माथि हुने दुर्व्यवहार बन्द गर, सुरक्षाको प्रत्याभूति गर, सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण सिर्जना गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर घोराही बजारमा बिरोध प्रदर्शन गरेका हुन् ।

 

उनीहरुले दोषीलाई पक्राउ गरी जति सक्यो चाडो कारवार्ही गर्न आग्रह गरेका छन् । नेपाल चिकित्सक संघ दाङले प्रहरी प्रशासनले चिकित्सकमाथि कालोमोसो दल्नेलाई पक्राउ नगरेसम्म आन्दोलन नरोकिने बताएको छ । सर्जन परियारको समुहले शुक्रबार अस्पतालका निमित्त प्रमुख मेडिकल सुरिटेन्डेन्ट डा.विनोद सिंहलाई कालोमोसो दलेर दुर्व्यवहार गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्