लमहीमा भायानेटको २८ औं शाखा कार्यालय – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

लमहीमा भायानेटको २८ औं शाखा कार्यालय

    मा प्रकाशित

दाङ, १४ भदौ ।
दाङको लमही बजारमा भायानेटको २८ औं शाखा कार्यालय उद्घाटन भएको छ । कार्यालयको लमही नगरपालिकाका उप—प्रमुख देबका बेल्बासेले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै उप—प्रमुख बेल्बासेले ईन्टरनेटको दुनियाँमा दैनिक जसो नेटको कम्पनीहरु थपिदै जानू अत्यन्तै खुसीको कुरा भएको बताउनुभयो । संख्यात्मक हिसाबले भन्दा पनि गुणात्मक रुपमा सेवाग्राहीलाई सेवा दिन सक्नु नै मुख्य चुनौती छ, यो कुरालाई ख्याल गर्नु होला, उहाँले भन्नुभयो ।
यो भायानेटले देशका १९ वटा जिल्लाका २३ वटा शहरमा सेवा दिदै आएको छ । लमहीमा २८ औं शाखाको रुपमा सोमवारदेखि सेवा शुरु गरेको छ । यस क्षेत्रका सेवाग्राहीको मागलाई मध्यनजर गर्दै सेवा प्रबाह गरिने लमही शाखाका प्रमुख सन्जु पोख्रेलले जानकारी दिनुभयो । भायानेटका केन्द्रीय प्रशासनिक अधिकृत अमन अन्सारीले नेटको बारेमा उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो । भायानेट लमही शाखाका प्रमुख सन्जु पोख्रेलको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासेको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा कार्यालयकी सरस्वता गोराथोकीले स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार प्रियास्मृती गजमेरले गर्नुभएको थियो ।
त्यस्तै देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनाल सेवाग्राहीलाई खुशी बनाएर ब्यवसाय गर्न ब्यवसायीलाई आग्रह गरे । दाङको लमही स्थित श्रीष्टी टेलरको शाखाको उद्घाटन गर्दै अध्यक्ष खनालले व्यापार गर्दा ब्यापारीले जहिले पनि ग्राहकको मन जित्ने खालको व्यवहार गर्नु पर्ने, सेवाग्राही फेरि पनि पसलमा आउने बाताबरण गर्ने, मिजासिलो र ब्यवहारिक भएमा कहिले पनि ब्यापारमा घाटा नहुने तर्क राख्नुभयो । टेलरका संचालक कैलाश सुनामको अध्यक्षता तथा देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रमको संचालन प्रकाश खनालले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्