आज दाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Thursday, April 18Nepali News Portal

आज दाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

१४ भदौ, दाङ ।                                                        आज दाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १९ जनाको पिसिआर र विभिन्न स्थानिय तहमा ८ जनाको एन्टीजेन परिक्षण गर्दा ४ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराही ४, तुलसीपुर र राप्तीका एक/एक जना रहेका छन् । आज थप भएका सँगै दाङमा सकृय बिरामीको संख्या १ सय ११ जना पुगेको छ । ति मध्य घरमा ९५ जना, अक्सिजन सहितको उपचारमा ३ जना र १३ जना आईसियूमा रहेको जिल्ला आपतकालिन संन्चालन केन्द्रले जनाएको छ ।

यस्तै, वितेको २४ घण्टामा १९ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ४ जना, लमहीका ३ जना, गढवाका एक जना रहेको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्