दाङमा चिकित्सकमाथि दुर्व्यवहार गर्ने २ मुख्य आराेपी पक्राउ – Kanika Khabar
Sunday, March 3Nepali News Portal

दाङमा चिकित्सकमाथि दुर्व्यवहार गर्ने २ मुख्य आराेपी पक्राउ

    मा प्रकाशित

भदाै १४, दाङ ।

दाङकाे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गर्ने मुख्य २ आराेपीलाई दाङ प्रहरीले प्रकाउ गरेको छ ।                       आज बिहान मुख्य व्यक्तिलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिए ।‘कालो मोसो दल्ने मुख्य ब्यक्ति सहित केही युबाहरुलाई नियन्त्रणमा लिएका छौँ,’ उनले भने ‘उनीहरु माथि अनुसन्धान भैरहेको छ ।’ उनले पत्रकार सम्मेलन मार्फत घटना र दोषीहरुका बारेमा सबै जानकारी गराईने समेत बताए । मुख्य दोषी सहितका युवाहरु नियन्त्रणमा आईनसकेको र उनीहरुलाई अनुसन्धान गरेर कारवाही प्रकृया अगाडि बढाईने एसपी काफ्लेले जानकारी दिए ।

साथै कालोमोसो दल्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको र बाँकी घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताए । उनले आज बेलुका सम्म सबैलाई पक्राउ गरिसक्ने बताए । पक्राउ परेकाको नाम ठेगाना पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने बताए

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्