विद्यालय बन्द भएपछि बालबालिकाले सामान्य पढाइ पनि बिर्सन थाले – Kanika Khabar
Saturday, March 2Nepali News Portal

विद्यालय बन्द भएपछि बालबालिकाले सामान्य पढाइ पनि बिर्सन थाले

    मा प्रकाशित

भावना पौडेल
भदौ १४, डडेल्धुरा ।
विद्यालय बन्द भएपछि साना बालबालिकाले सामान्य पढाइ समेत बिर्सन थालेका छन् भने माथिल्ला कक्षामा पढ्ने बालबालिकामा पढाइ नियमित नगर्ने जोखिम बढेको छ । कोरोना कहर संगै बिद्यालय बन्द हुँदा घरमा अध्ययनको कार्य राम्रो संग तथा नियमीत हुँन नपाउँदा उनीहरुको पढाइ बिग्रदै गएको अभिभावकहरु बताउँछन् ।दोस्रो चरणमा फैलीएको कोरोना कहरले गर्दा लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् ।

 

वैशाख महिनायता विद्यालय सञ्चालमा छैनन् । सुदुरपश्चिमका ग्रामिण भेगमा अनलाइ कक्षा संभव छैन । जसका कारण बालबालिकाले आधारभुत कुरा पनि बिर्सिएको अमरगढी नगरपालिका ५ का एकजना अभिभावक, डम्वरी भट्ट बताउँनुहुन्छ । कोरोना महामारी अघि सम्म राम्रो पढिरहेका छोराछोरीले अचेल क, ख, ग र ए, बी, सी समेत बिर्सिदा अभिभावकहहरु चिन्तामा छन् । चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ बिग्रिएको छ ।

 

साना बालबालिकालाई अध्ययन गराउने विकल्प नभएको र घरमै पनि पढाउन नसकेको अर्का अभिभावक अमरगढी नगरपालिका १ भात्काडाका दिलबहादुर ऐरको भनाइ छ । विद्यालय नचलेपछि बालबालिका दिनभरि खेलेर बस्ने गरेका छन् । नयाँ शैक्षिक शत्रको लागि पुस्तक किनेपनि शिक्षकले पढाउन नपाउँदा विद्यार्थी पढ्न मान्दैनन् । कोरोना महामारीका कारण विद्यालय खुल्ने टुङ्गो छैन । गाउँमा अनलाइ कक्षा संभव देखिएको छैन । लामो समय विद्यालय जान नपाएपछि बालबालिकाको पढाइ बिग्रिएको भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्