विद्यालय बन्द हुँदा किशोर, किशोरी दुर्व्यसनमा फस्ने चिन्ता – Kanika Khabar
Sunday, March 3Nepali News Portal

विद्यालय बन्द हुँदा किशोर, किशोरी दुर्व्यसनमा फस्ने चिन्ता

    मा प्रकाशित

निशु जोशी
भदौ १४, नेपालगन्ज ।
कोरोना महामारीमा बन्द भएका विद्यालय लामो समयसम्म सञ्चालन नभएपछि किशोर किशोरीहरु दुव्र्यसनमा फस्न थालेको भन्दै बाँकेका अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् । स्तरीय शिक्षाको अभावमा बालबालिकाले सही बाटो पहिल्याउन नसकेको उनिहरुको तर्क छ । कोरोना महामारीमा एक वर्षदेखी विद्यालय बन्द छन् । फुर्सदको समयको दुरुपयोग गर्दै बाँकेका किशोर किशोरीहरु दुव्र्यसनमा फसेको अभिभावकहरुको भनाई छ । किशोरकिशोरीले सही मार्ग पहिल्याउन नसक्नुको प्रमूख कारण गुणस्तरहिन शिक्षा भएको स्थानीय यम बहादुर महतराको तर्क छ ।

 

व्यवहारिक शिक्षाको अबस्था कमजोर रहेकाले विद्यार्थीलाई दक्ष र नैतिकवान बनाउन नसकिएको उहाँ बताउनुहुन्छ । कोरोना महामारीको कारण देखाउँदै परीक्षा लिईएको छैन भने, आन्तरिक मुल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा चढाउने गरिएको छ । जसले भविश्यमा सकरात्मक परिणाम नदिने चिन्ता अभिभावकमा छ । लामो समय शिक्षण पेशामा आबद्ध भएर अवकाश पाउनुभएका गोविन्द प्रसाद घिमीरे नेपालको शिक्षा व्यवहारिक हुननसकेको बताउनुहुन्छ । अब प्राविधिक शिक्षामा जोड दिनुपर्ने उहाँको भनाई छ । सरकारी मात्र नभई निजि विद्यालय पनि सुधार गर्नुपर्ने देखिन्छ ।

 

विद्यार्थीलाई पाठ्य पुस्तक रटाएर मात्रै शिक्षाको गुणस्तर नबढ्ने योगीन माध्यमिक विद्यालय गौघाटका प्रधानाध्यापक गगन खड्का बताउनुहुन्छ । कोरोना महमारीका कारण विद्यालय खुल्ने टुङ्गो छैन । यस्तो अबस्थामा शिक्षा क्षेत्र नै वर्षौं पछि धकेलिने कतिपयको चिन्ता छ । शिक्षालाई व्यवहारिक बनाउन स्थानीय सरकारको भुमिका महत्वपूर्ण हुने सरोकारवालाहरु बताउँछन् । व्यवहारिक शिक्षाले मात्रै बालबालिलाई नैतिकवान बनाउने उनिहरुको तर्क छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्