अफगानिस्तानलाई सहयोग जारी राख्न संयुक्त राष्ट्र संघको आग्रह – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अफगानिस्तानलाई सहयोग जारी राख्न संयुक्त राष्ट्र संघको आग्रह

    मा प्रकाशित

भदौ १४, दाङ ।
संयुक्त राष्ट्रसंघले विश्वका विभिन्न मुलुलाई ‘अफगानिस्तानलाई सहयोग जारी राख्न’ आग्रह गरेको छ । बेलायत, फ्रान्सलगायतका देशले उद्दार कार्य समाप्त गरेसँगै संयुक्त राष्ट्रसंघले मानवीय सहायतालाई निरन्तरता दिनु महत्वपूर्ण भएको भन्दै अफगानिस्तानलाई सहयोग जारी राख्न आग्रह गरेको हो ।

 

राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त (यूएनसीएचआर)का प्रवक्ता रुपर्ट कोल्भीलले अफगानिस्तानमा अहिले गम्भीर मानवीय अवस्था रहेको र त्यो अझै खराब हुन सक्ने भएकाले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

 

अफगानिस्तानका अधिकांश पूर्वाधाहरू भत्किएका भन्दै उहाँले हिउँदभन्दा पहिले नै खाद्यान्न र औषधिहरू आपूर्ति गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि अन्य मुलुकले अफगानिस्तानलाई सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्