दिवंगत पत्रकार बानियाँको स्मृति अक्षयकोषमा सहयोग – Kanika Khabar
Sunday, March 3Nepali News Portal

दिवंगत पत्रकार बानियाँको स्मृति अक्षयकोषमा सहयोग

    मा प्रकाशित

तनहुँ, भदौ १५ ।

नेपाली कांग्रेसका युवा नेता श्याम मौरतीले नेपाल प्रेस युनियन तनहुँले स्थापना गरेको पत्रकार बलराम बानियाँ स्मृति पत्रकारिता अक्षयकोषमा रकम हस्तान्तरण गर्नुभएको छ । पत्रकार बानियाँको वार्षिक पुण्यतिथिमा आज नेता मौरतीले रु १० हजार १५० नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई दमौलीमा हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा मौरतीले कर्मचारीतन्त्रमा मौलाएको भनसुन, बेथिति, विकृति भ्रष्ट्राचारका विरुद्ध तथा सुशासनको पक्षमा पत्रकार बानियाँ लेखेर कहिल्यै नथाक्ने व्यक्ति रहेको स्मरण गर्नुभयो । नेता मौरतीले समाचार लेखेका कारण मानसिक तनाव बानियाँले भोग्न बाध्य भएको बताउनुभयो । बानियाँ निर्भीक पत्रकार भएको उल्लेख गर्दै मौरतीले अक्षयकोषले भावी पुस्तालाई उहाँले पु¥याएको योगदानको बारेमा जानकारी लिन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट रकम सङ्कलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको छ । पत्रकार बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत ३ गते युनियनलाई रु २० हजार नगद हस्तान्तरण गर्नुभएको थियो ।

बानियाँ कान्तिपुर दैनिकमा सहायक सम्पादक हुनुहुन्थ्यो । बानियाँको शव विसं २०७७ साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा फेला परेको थियो । बानियाँ दुई दशकभन्दा पहिलादेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पत्रकार बानियाँ भानु नगरपालिका–१३ मिर्लुङमा विसं २०२७ मा जन्मिनुभएको थियो । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्