सभामुख तथा निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने – Kanika Khabar
Sunday, March 3Nepali News Portal

सभामुख तथा निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने

    मा प्रकाशित

भदौ १५, काठमाडौँ ।
नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख तथा निर्वाचन आयोगविरुद्धमा अदालत जाने तयारी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगले कानुन विपरीत दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेले रिट हाल्ने तयारी गरेको हो ।

आफ्नो पार्टीले कारबाहीको लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही गरेको सूचना टाँस नगरेर गम्भीर गल्ती गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभयो । उहाँले केही दिनभित्रै अदालत जाने तयारी भइरहेको जानकारी दिनुभयो । एमालेको यसअघिको स्थायी कमिटीको बैठकले पनि निर्वाचन आयोग र सभामुखविरुद्ध कानुनी लडाईँमा जाने निर्णय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्