दाङमा लागूऔषध सहित दुई जना पक्राउ – Kanika Khabar
Sunday, March 3Nepali News Portal

दाङमा लागूऔषध सहित दुई जना पक्राउ

    मा प्रकाशित

१५ भदौ, दाङ ।
दाङमा लागूऔषध सहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । लमही नगरपालिका ९ शिव खोलास्थित पूर्वपश्चिम राजमार्गबाट करिब ११ ग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थसहित २ जनालाई गयराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा लमहि नगरपालिका ४ शान्तिनगर का २३ वर्षीय विकास रोका र सोही ठाउँस्थित अर्नवाका २० वर्षीय सुनिल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

नेपालगंजबाट लमहीतर्फ आउँदै गरेको रा।३ प ३५१९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्