दाङ आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Sunday, March 3Nepali News Portal

दाङ आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

दाङ,१५ भदौ ।
दाङ आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर जाँच गर्दा १२ जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा घोराहीका ७ जना, तुलसीपुर र लमहीका तीन तीन जना र शान्तिनगरका २ जना रहेका छन् ।

अहिले सम्म दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय १० जना पुगेको छ । आज १३ जना कोरोना मुक्त भएका छन् । घोराहीका ९ जना र तुलसीपुरका ४ जना रहेका छन् । यो सहित जिल्लामा निको हुनेको संख्या ८ हजार ५ सय ११ रहेको छ भने मृत्यु हुनेको संख्या २ सय १० पुगेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्