सुदूरपश्चिम प्रदेशसभाका १० सांसद नेकपा एसमा – Kanika Khabar
Sunday, March 3Nepali News Portal

सुदूरपश्चिम प्रदेशसभाका १० सांसद नेकपा एसमा

    मा प्रकाशित

भदौ १५, दाङ ।
नेकपा एमाले विभाजित भएपछि सांसदहरुले यही घदौ २२ गतेसम्म नेकपा एमाले या नेकपा एस रोज्नुपर्ने भएको छ । यसैबिच सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १० जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एस रोजेका छन् ।

नेकपा एमालेकोतर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

सनाखत गर्नेहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्