खुला फुटबल प्रतियोगिताको उपाधि मोतिपुरलाई – Kanika Khabar
Friday, March 29Nepali News Portal

खुला फुटबल प्रतियोगिताको उपाधि मोतिपुरलाई

    मा प्रकाशित

लक्ष्मण बस्नेत
भदौ १५ दाङ ।
दाङ तुलसीपुर ११ को बेलगनार मंगलबार सम्पन्न खुला फुटबल प्रतियोगिता २०७८ उपाधी मोतिपुर युवा क्लबले जितेको छ ।
दङ्गीशरण युवा क्लब तुलसीपुर ११ को आयोजना मा संचालित प्रतियोगिताको फाईनलमा बालापुर युवा क्लबलाई शून्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै मोतिपुर युवा क्लबले उपाधि जितेको हो । उपाधिसँगै उसले खसी, मेडल प्रमाणपत्र हात पार्‍यो । फाईनलमा हार ब्यहोरेको बालापुर उपबिजेतामा सिमित रहदै मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

No description available.

उल्लेख्य दर्शकको सानदार उपस्थितिमा भएको कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको पहिलो हाफ्को १७ औ मिनेट मा मोतिपुरका प्रमोद बुढामगर ले पहिलो गोल गरे भने तिलक महराले दोश्रो हाफ्को १५ औ मिनेटमा थप गोल गर्दै दुई शून्यको जित निकाल्न सफल भए ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिता को समापन समारोह अयोजक क्लबका अध्यक्ष सुशील चौधरीको अध्यक्षता तथा जसपुर प्रहरी चौकिका ईन्चार्ज देव राज वलिको बिशेष उपस्थिमा भएको थियो ।
सो अबसरमा खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने मोतिपुर युवा क्लबका प्रमोद बुढामगर बेस्ट प्लेयर खेलाडी र दङ्गिशरण युवा क्लबका बिष्णु केसी बेस्ट किप्पर घोषित भए । बिजेता खेलाडीहरुलाई कार्यक्रमका अतिथिहरुको हातबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन रबिन्द्र ताम्राकारले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्