रुकुम पूर्वमा भौतिक रुपमै विद्यालयमा पठन पाठन सुरु – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

रुकुम पूर्वमा भौतिक रुपमै विद्यालयमा पठन पाठन सुरु

    मा प्रकाशित

डिल्लीराज विश्वकर्मा
भदौ १६, रुकुम पूर्व ।
रुकुम पूर्वका विद्यालयमा भौतिक रुपमा कक्षा सञ्चालन हुन थालेको छ । कोरोना सङ्क्रमणको दर स्थिर देखिएपछि विभिन्न क्षेत्रमा विद्यालयहरु खुल्न थालेका हुन् । कोरोना महामारीका कारण लामो समय पछी भौतिक रुपमै पठन पाठन सूचारु भएपछि विद्यार्थीहरु खुशी भएका छन् । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा पठन पाठन शुरु भएको ३ दिन भयो ।

 

कक्षा कोठामा प्रवेश गर्नुअघि ढोकैमा टेबुल राखिएको छ । टेबुलमा साबुन पानी र सेनिटाईजरको ब्यबस्था छ । हात धोएर कक्षा कोठामा छिर्ने विद्यार्थीहरु सबैले मास्क लगाउने गरेको कक्षा १० मा अध्यनरत छात्रा प्रतिक्षा शर्माले बताउनुभयो । इन्टरनेट र टेलिभिजनको पहुँचमा रहेका विद्यार्थीले विद्यालय बन्द रहँदा पनि धेरथोर पढ्न पाएका थिए । तर रुकुम पू्र्व जस्तो दुर्गम ठाउँका विद्यार्थी वैकल्पिक सिकाईमा जोडिन सकेनन् । झण्डै ६ महिना पछि विद्यालय टेक्न पाउँदा विद्यार्थीहरु खुशी छन् ।घरमा बस्दा बस्दा दिक्क भएका विद्यार्थी साथीहरु र शिक्षकलाई भेट्न पाएर दङ्ग छन् ।

 

विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सकेसम्म स्वास्थ्य साबधानी अपनाएको त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रिदहका प्रधानाध्यापक मोहनबहादुर केसीले जानकारी दिनुभयो । रुकुम (पूर्व) का तीन गाउँपालिकामा एक सय ३३ वटा विद्यालय छन् । ति मध्ये कोरोना सङ्क्रमणको जोखिम कम रहेका अधिकांश विद्यालयको पठनपाठन सूचारु भएको छ । शिक्षण सिकाई निर्देशिका २०७७ र सिसिएमसीले तयार पारेको स्मार्ट लकडाउनको अवधारणा अनुसार विद्यालय खोल्न भनिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको भनाई छ । अभिभावक आफ्ना छोराछोरी विद्यालय जान नपाउँदा उनिहरुको सिकाई प्रक्रिया नै रोकिएको भनेर चिन्तामा थिए । तर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालय खोलिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुशी छन् । उनिहरु स्वास्थ्य साबधानीमा भने हेलचेक्राई गर्न नहुने बताउँछन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्