अज्ञात रोगका कारण भारतमा बालबालिकाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अज्ञात रोगका कारण भारतमा बालबालिकाको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
भारत उत्तर प्रदेशमा अज्ञात रोगका कारण बालबालिकाको मृत्यु हुन थालेको छ । गत एक हप्तामा उत्तर प्रदेशको ६ जिल्लामा ४० बालबालिकाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

 

आग्रा, मथुरा, मैनपुरी, इटाह, काशगन्ज र फिरोजाबादका बालबालिकामा उच्च ज्वरोसँगै पसिना आउँने समस्या देखिएको खबरमा उल्लेख छ । धेरैमा जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानीको मात्रा कम हुने र वाकवाकी लाग्ने समस्या देखिएको छ ।

 

अहिलेसम्म ज्यान गुमाएका बालबालिकामा कोरोना भाइरसको सङ्क्रमण भने नभएको पाइएको छ । उनीहरुमा डेंगुको सङ्क्रमण भएको आशंका गरिएपनि पुष्टि भने भएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्