प्रदेश नं. १ मा एमाले अल्पमतमा, एमालेका १० सांसद नेकपा एसमा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

प्रदेश नं. १ मा एमाले अल्पमतमा, एमालेका १० सांसद नेकपा एसमा

    मा प्रकाशित

भदौ १६, दाङ ।
नेकपा एमाले विभाजन भएर नेकपा एस दर्ता भएपछि एमालेका सांसद तथा जनप्रतिनिधिहरुले दल रोज्न थालेका छन् । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोजेर सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गर्न समय दिएको छ ।

यसैक्रममा प्रदेश नम्बर १ प्रदेश सभामा रहेको नेकपा एमालेका ५१ जना सांसद मध्ये १० जनाले एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा एस रोजेका छन् । उनीहरुले बुधबार प्रदेश निर्वाचन कार्यालय मोरङमा नेकपा एस रोजेको सनाखत गरेका छन् ।

९० सदस्यीय प्रदेशसभामा एमालेका ५१ जना सांसद थिए । अब सो पार्टीमा ४१ जनामात्र सांसद रहेका छन् । हालै एमालेको एकल बहुमतका आधारमा भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । तर, एमाले विभाजन भएकाले उनले विश्वासको मत लिनुपर्ने भएको छ । उनले बहुमत पनि गुमाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्