कर्णाली प्रदेशका ३ सांसद नेकपा एसमा – Kanika Khabar
Sunday, March 3Nepali News Portal

कर्णाली प्रदेशका ३ सांसद नेकपा एसमा

    मा प्रकाशित

भदौ १६, दाङ ।
कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सांसदहरु चन्द्रबहादुर शाही, देवी ओली र पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

उनीहरुले प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएका छन् । कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए । तीमध्ये फ्लोर क्रस गर्ने ४ जना पदमुक्त भएका छन् । हाल एमालेको १६ जना सांसद कायम रहेकामा ३ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद संख्या १३ मा झरेको छ । विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्ने समय भदौ २२ गतेसम्मलाई तोकिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्