देशभर थप २ हजार ५२ जनामा कोरोना सङ्क्रमण, २० जनाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

देशभर थप २ हजार ५२ जनामा कोरोना सङ्क्रमण, २० जनाको मृत्यु

    मा प्रकाशित

भदौ १६, दाङ ।
नेपालमा थप ३ हजार ३० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ३ हजार ३० जना कोरोना सङ्क्रमणपछि निको भएका छन् ।

 

योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख १९ हजार ३ सय ३६ पुगेको छ । कोरोना सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले गत २४ घन्टामा नयाँ सङ्क्रमितमध्ये निको हुनेको सङ्ख्या बढेको बताउनुभयो । उहाँका अनुसार गत २४ घन्टामा देशभर १४ हजार ९ सय ३५ कोरोना परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका कारण ८ लाख ४८ हजार २ सय ४ जना सङ्क्रमित भएका छन् । यस्तै गत २४ घन्टामा थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ७ सय७० पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्