भदौ मसान्तसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञा – Kanika Khabar
Saturday, March 2Nepali News Portal

भदौ मसान्तसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञा

    मा प्रकाशित

भदौ १६, काठमाडौँ ।
काठमाडौं उपत्यकामा पाँच महिनादेखि जारी निषेधाज्ञा भदौ मसान्तसम्मका लागि लम्ब्याइएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै भदौ मसान्तसम्मलाई निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

 

बैठकले भिडभाड नगर्न अनुरोध गर्दै उपत्यकाको सङ्क्रमणदर हेरेर सबैजसो क्षेत्र खुलाउने निर्णय गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीले विद्यालय सञ्चालनको हकमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउने जानकारी दिनुभयो ।

यस्तै वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलिबाट सञ्चालन गर्न दिने निर्णय भएको पनि उहाँले बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्