सरकार गठन गर्ने तयारीमा तालिबान, महिला पनि प्राथमिकतामा – Kanika Khabar
Friday, April 19Nepali News Portal

सरकार गठन गर्ने तयारीमा तालिबान, महिला पनि प्राथमिकतामा

    मा प्रकाशित

भदौ १६, दाङ ।
तालिबानले अबको केहिदिन भित्रै नयाँ सरकारको घोषणा गर्ने तयारी गरेको छ । तालिबानको राजनीतिक कार्यालय कतारका उपप्रमुख शेर अब्बा स्टानेक्जाइले अबको केहिदिन भित्रै अफगानिस्तानमा नयाँ सरकार गठन हुने बताउनुभयो ।

 

बीबीसीका अनुसार स्टानेक्जाइले २० वर्षअघि मन्त्री भएकाहरू यसपटक समावेश नहुने र महिलालाई प्राथमिकता राखेर मन्त्रीपरिषद गठन गर्ने तयारी गर्नुभएको छ । अफगानिस्तानका अधिकांश भूभाग नियन्त्रणमा लिइसकेको तालिबानले अगस्ट १५ मा राजधानी काबुल कब्जा गरेको थियो ।

 

अफगानिस्तानबाट विदेशी सेना बाहिरिएपछि सरकार गठन गर्ने बताएको तालिबानले अमेरिकी सेना फर्किसँगै सरकार गठनको तयारी गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्