नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई पनि अनुमति – Kanika Khabar
Thursday, December 12Nepali News Portal

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई पनि अनुमति

    मा प्रकाशित

भदौ १६, दाङ ।
सरकारले नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई पनि अनुमति दिर्ने भएको छ ।सरकारले एन्फालाई स्वास्थ्यको प्रोटोकल पालना गर्दै दर्शकसहितको खेल आयोजना गर्न अनुमति दिएको हो ।

तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ। टिकट मूल्य साँझसम्म टुङ्गो लाग्ने एन्फाले जनाएको छ ।नेपालले भारतसँग भोलि पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अपरान्ह साढे ५ बजे सुरु हुनेछ ।यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्