सल्यानमा पेस्तोल सहित एक जना पक्राउ – Kanika Khabar
Saturday, March 2Nepali News Portal

सल्यानमा पेस्तोल सहित एक जना पक्राउ

    मा प्रकाशित

भदौ १६, सल्यान ।
आज बुधबार बिहान सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको सल्लीवजारबाट पेस्तोल सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका ४ का २८ वर्षिय गणेश रावल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।

भारतीय नम्वर प्लेड भएको सीएच ०१ बिपी २१९४ नम्बरको मोटसाइकलमा सवार रावल सल्लीबजार स्थित प्रहरी चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा भागेपछि ईलाका प्रहरी कार्यालय देवस्थल सल्यानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको निमित्त प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो । पक्राउ परेका पौडेलको साथबाट कटुवा पेस्तोल र पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली बरामद गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्